समाजले थुक्ला, डर छ मलाई॥
ठाडो शिर झुक्ला, डर छ मलाई॥
खडेरी परेको, सुक्खा बगर झैँ॥
हाम्रो माया सुक्ला, डर छ मलाई॥
अपमान गर्ने, अपसव्य शब्द॥
मुख बाट चुक्ला, डर छ मलाई॥
डाहा गर्दै कोही, नाता टुटाउन॥
बाटो मुनि ढुक्ला, डर छ मलाई॥
कुरा नै नबुझी, अनायासै फेरी॥
तिम्रो चित्त दुख्ला, डर छ मलाई॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
हाम्रो माया सुक्ला, डर छ मलाई॥
अपमान गर्ने, अपसव्य शब्द॥
मुख बाट चुक्ला, डर छ मलाई॥
डाहा गर्दै कोही, नाता टुटाउन॥
बाटो मुनि ढुक्ला, डर छ मलाई॥
कुरा नै नबुझी, अनायासै फेरी॥
तिम्रो चित्त दुख्ला, डर छ मलाई॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
No comments :
Post a Comment