Saturday, September 22, 2012

296.सक्छौ भुल्न मलाइ रातमा आउने जुनमा छु


सक्छौ भुल्न मलाइ रातमा आउने जुनमा छु
सक्छौ भुल्न मलाइ तिम्रो हरेक धुनमा छु

प्राकृतिक देन संगै तिम्रै वरिपरि घुमेको छु
सक्छौ भुल्न मलाइ तिम्रो हरेक गुनमा छु

सधै बहार बनि आएं तिम्रो खल्लो जिबनमा
सक्छौ भुल्न मलाइ तिमिले खाने नुनमा छु

धड्किन्छु मुटू भित्र,बस्छु आखाँका नानि भित्र
सक्छौ भुल्न मलाइ तिमिमा बग्ने खुनमा छु

दिन्मा छु रात्मा छु हरेक पल तिम्रै साथमा छु
सक्छौ भुल्न मलाइ तिम्रै पवित्र  सुकुनमा छु



शेर्पिनी कान्छी
हाल-इजरायल

No comments :

Post a Comment