जिन्दगीमा तिमी आयौ ढुक्क भएँ म !
वसन्त झैं तिमी छायौ ढुक्क भएँ म!
बेसुर थिए मेरा जिन्दगीका गीत हरु !
त्यो सूरमा तिमीले गायौ ढुक्क भएँ म!
वर्षौ खोजें तर मनलाई कोही भाएनन्!
आज मनलाई तिमी भायौ ढुक्क भएँ म!
भर छैन भन्थे मित्र तर तिमीले सिरमा!
हात राखी कसम खायौ ढुक्क भएँ म !
तिम्रो भर परें म तिमी मेरो भरमा परेर !
चोखो माया पिरती लायौ ढुक्क भएँ म!
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
No comments :
Post a Comment