निद नआ'को कालो रात दिन हुन्थ्यो भने,
धनिको नि गरीबको झै रिन हुन्थ्यो भने ।
संसारका सबै कुरा देख्न सक्ने थिए ,
महादेबका आँखा जस्तै तिन हुन्थ्यो भने ।
साच्चै देश जोगाउन गाह्रो पर्ने थियो ,
उत्तरतिर सिमा मिच्ने चीन हुन्थ्यो भने ।
लामो भ'र यो जिन्दगि दिक्क लाग्न थाल्यो,
बाँच्ने चाह जाग्थ्यो कि त एक छिन हुन्थ्यो भने ।
गौरबले नेपाली हौ भन्न कहाँ पाउथ्यौ,
पुर्खाको त्यो स्वाभिमान बिलिन हुन्थ्यो भने ।
शान्ति अधिकारी
बाँके २०६९
No comments :
Post a Comment