मेरो मन्को कथाहरु, सुनिदिने कोहि छ की ?
माया गर्दै दिल भित्र, थुनिदिने कोहि छ की ?
सगैँ बाच्ने सगैँ मर्ने चोखो चोखो बाचा गर्दै,
ममताका डोरीहरु, बुनिदिने कोहि छ की ?
मरुन्जेल साथ दिने प्रतिस्पर्धा गर्दै यहाँ
मेरो लागी वर माला उनिदिने कोहि छ की ?
राम्रो सँग पाल्ने थिएँ झुपडीमा सुख दिदै,
मलाइनै उन्को राजा, चुनिदिने कोहि छ की ?
ढाटेको त हैन साच्चै धरो धर्म ज्यान दिन्छु,
जुनि जुनि अब सयौ, जुनिदिने कोहि छ की ?
रत्न शमशेर थापा 'निर्दोषी'
गजुल - रोल्पा
हाल - दोहा, कतार
No comments :
Post a Comment