Monday, October 8, 2012

406.बुझ्न चांहे के छ त्यस्तो साँचो पिरतिमा...।

बुझ्न चांहे के छ त्यस्तो साँचो पिरतिमा...।
विश्वास रै'छ अति नै खाँचो पिरतिमा...।

सुवास विनाको फूल बन्दो रहेछ माया,
प्रेमिहरुले नलिँदा चासो पिरतिमा...।

निभाउन नसक्दा दुई अक्षरको माया पनि,
कत्तिले त लगाए रे पासो पिरतिमा...।

भ्रम त्याग,शंका छोड,अनि माया गरि हेर,
टुट्ने छैन तव मात्र हाँसो पिरतिमा...।

राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)

No comments :

Post a Comment