Wednesday, October 31, 2012

530.निर्दयि यो ईश्वरले खोस्दा वास,गास मेरो।

निर्दयि यो ईश्वरले खोस्दा वास,गास मेरो।
लाखौँ जनको बिचमा शुन्य छ आभास मेरो।

यति गरिब किन बनाईस जसको जीउने आधार छैन,
कात्रो पनि हुन्न होला मर्ने बेला पास मेरो।

आफ्ना सबै छिनिसकिस अब के नै बाकि छ र?,
फेरि किन रोक्दैनस एक मुठि शास मेरो।

धेरै थाकेँ जिन्दगीलाई बिसाउने ठाउँ खोज्दा यहाँ,
लैजा प्राण तव ठाँउ पाउँछ कि लाश मेरो।

राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबइ)

1 comment :

  1. दु:खको सागरमा डुब्दा तिमी मेरो साथ थिइनौ
    मेरो पीडा-व्यथामा तिमीले भाग कहिलै लिइनौ

    आँसुको नदीबाट जसोतसो उतारें जिन्दगी लाई
    बीचैमा छाडेर गयौ तर जुनिभर साथ दिइनौ

    सोचाइ त थियो तिम्रो र मेरो भिन्न भिन्नै
    अँझैं यो जिन्दगीलाई नजिकबाट चिन्नै दिइनौ

    कोसिश त गरेकोनैहु मुटु भित्र सजायर राक्छु भनि
    यी बन्द ओठका-लागि थोरै खुसी किन्नै दिइनौ

    ReplyDelete