मानिसको चेतना मा अभाव उस्तै छ अँझै!तीव्र बुद्धि हुनेहरू को प्रभाव उस्तै छ अँझै!
गणतन्त्र आयो भन्छन खै देखिन मैले त!
गरीब प्रति धनाद्य को दबाव उस्तै छ अँझै !
दमन शोषण घट्ला भन्दा बढ्दो क्रममा छ!
भाऊ बिना खून पसिना बहाव उस्तै छ अँझै!
चोखो निति छैन कसैको हरेक स्वार्थी भए!
कर्मचारीमा पिउन देखि सहाब उस्तै छ अँझै!
को भन्छ संसारमा कुटी पिसिएको छैन म ?
बद्लिएन मानिस अनी कवाब उस्तै छ अँझै!
सफल हुन सकीन ज्ञानगुणका कुरा लेखी!
जती बोले पनी हो कृष्ण मानव उस्तै छ अँझै!
कृष्ण मानव खड्का २४/९/२०१२
सानोश्री ३ बर्दिया







No comments :
Post a Comment