Thursday, January 10, 2013

581. बिदेशी सल्लाहले चलेको छ देश,

बिदेशी सल्लाहले चलेको छ देश,
बेकामी हो हल्लाले चलेको छ देश।

-घामले कपाल पाकेका मात्र भए,
मरे माउ चल्लाले चलेको छ देश।

आदर्श छाट्छन र आफै भट्टि पस्छन्
जड्‌या त्यी झल्लाले चलेको छ देश।

जहिले आन्दोलन हाना-हान हुन्छ,
यि माटोको डल्लाले चलेको छ देश।

महंगीले आकाश छुदै ग'का तिनै,
किराना र गल्लाले चलेको छ देश।

हत्या हिंसा आतंक अनि बलत्कारी,
यिनैको दोसल्लाले चलेको छ देश।

बिमल पहराई
गुल्मी

No comments :

Post a Comment