Thursday, January 10, 2013

582. होसियार! होसियार! फेरी बन्दुक उठ्न सक्छ..!!

होसियार! होसियार! फेरी बन्दुक उठ्न सक्छ..!!
रहि रहे यो सरकार फेरी बन्दुक उठ्न सक्छ..!!

राता-रात सिमाना मिचिएको एक पछि अक्रो..
आउदैछ समाचार फेरी बन्दुक उठ्न सक्छ..!!

राष्ट्रिय अखण्डता नागरिक सर्बोच्चताका निम्ती..
टाउकेहरु खबरदार फेरी बन्दुक उठ्न सक्छ..!!

बुद्धको देशमा गौतम बुद्ध भेटिन छाडेपछि..
सिमाना वार-पार फेरी बन्दुक उठ्न सक्छ..!!

गास खोस्छौ बास खोस्छौ गरीबको लास खोस्छौ..
नसताउ बारम्बार फेरी बन्दुक उठ्न सक्छ..!!

लक्ष्मण 'मिलन' विष्ट

अछाम नेपाल

No comments :

Post a Comment