Thursday, January 10, 2013

583. सम्झनाका तरेली झैं सुकेर के भो र ।

सम्झनाका तरेली झैं सुकेर के भो र ।
अरु सामु हाम्रो शिर झुकेर के भो र ?

साक्षि हाम्रो पिपलु छ जनम जनम ।
संगै बाँच्ने भाग्य हाम्रो चुकेर के भो र?

समुन्द्र नै तारे पछी नजर त्यो छोपी।
साँझ पर्दा दोबाटोमा ढुकेर के भो र ?

ज्योती छरें जुनेली भै औंसीको रातमा।
जुन जस्तै मेरो माया थुकेर के भो र ?

मन संगै मुटु भित्र सम्बन्ध गाँसे-सी ।
माया एक बन्धन हो फुकेर के भो र ?

अतित लिङ्देन ( सुब्बा )
झापा

No comments :

Post a Comment