
लगाइ आली, गरेर बाउसे, रोपेर आउला,
-----
नरे र बिरे,लगाउछन आली, भाइ बाउसे गर्नेछ,
घरधनी बाले, लैजान्छन खाजा, बसेर खाउला,
-----
सीता र गीता, हिलोमा खेल्दै ,रोप्नेछन धानको बीउ,
हाहा र हुहु, गैरीको खेतमा, म गोरु साउला,
------
भकारी बाध्ने, त्यो खले गरो, हेर्दा नै मज्जाको,
भकारी बान्दा, मिलेर सबले, असारे गाउला,
---
पर्खेर बस, नगर हतार, चाल पाउँछन् अरुले,
लुकेर हाम्ले ,माया र प्रीती, सोचेर लाउला,
------
फलाउला धान, फुलाउला प्रेम, मङ्सिरको महिनामा,
कुरेर बस, चौतारी तिम्ले, म भेट्न धाउला,
जेपि फुयाँल
Radio Okhaldhunga
No comments :
Post a Comment