Sunday, July 5, 2015

गजल-सानै कुरा ठुलो पारी सताउनेको के भरोसा-उपेन पहाडी

सानै कुरा ठुलो पारी सताउनेको के भरोसा।
हप्तैपिच्छे बजारतिर धाउनेको के भरोसा।

सारी रोइ चोली रोइ चौबन्दी नि रोइरही।
असलिल भन्छु छोटा लगा लाउनेको के भरोसा।

देख्दा चालामाला यहाँ जवान बन्छन बुढा पनि।
ऐनाभन्दा बढी मुहार सजाउनेको के भरोसा।

भन्छन युगले पनि नाम थर भुल्दैछ रे।
झुठो नाम झुठो थर बताउनेको के भरोसा।

गर्याछैन बिहे भन्छन धरोधर्म ढाट्याछैन।
दोहोरीभन्दा लोरी राम्रो गाउनेको के भरोसा।
उपेन पहाडी( उपेन्द्र राई)

No comments :

Post a Comment