बैँश बिक्री गर्दैछ्यौ रे, भन मूल्य कति पो हो?सिङ्गो रात बिताउनुछ,गन मूल्य कति पो हो।।
रेगिस्तानका ताप सँगै उम्लिएका रहरहरु,
पोख्न शून्य खोजेको छु - पन मूल्य कति पो हो??
रहरको यूद्ढ् गरि, सन्टुष्टिको सास फेरु,
खोला बरु बगाँउला , धन मूल्य कति पो हो??
तिम्ले अँकित कति गर्यौ, लालि तिम्रो यौवनको,
तेस्को दोब्बर तिरुला, झन भन मूल्य कति पो हो??
खदेरि छ अभाव छ, यो खदिमा प्रीयसिको
पसिनाले रुझाउन,तन मूल्य कति पो हो??
दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार







No comments :
Post a Comment