जन्माईदेउ नेपाल आमा बुद्ध फेरी यहाँ,ज्वाला बनि नफैलियोस क्रुद्ध फेरी यहाँ,
रगतको प्यासी बनी धाबा बोल्दै फेरी
भाई भाई एक अर्काको बिरुद्ध फेरी यहाँ,
बेहोसी मै ढलिराछन निदोर्ष तिम्रा सन्तती ति
नचर्कियोस हिसांत्मक युद्ध फेरी यहाँ,
शान्तीको बर्चश्वलाई सधैभरि कायम राखौ
नहोस धर्ती रगतले अशुद्ध फेरी यहाँ ॥
कुर्घा पर्बत ॥
प्रकाश अजनबी,







No comments :
Post a Comment