Wednesday, September 26, 2012

338.सजल छन् नयनहरु भित्र आत्मा जले जस्तो

सजल छन् नयनहरु भित्र आत्मा जले जस्तो
गंभिर देख्छु मुहार तिम्रो जिन्दगी नै ढले जस्तो ।

शून्यतामा टोलाएर किन हेर्छौ क्षितिजपारि
लाचार देख्छु पाऊ तिम्रो आशाहरु गले जस्तो ।

किन जिउछौ गुमनामीमा जिन्दगी हो जिउनु पर्छ
देख्छु सधैं आफैलाई आफैसंग छले जस्तो ।

उदासी छ आँखाभरी कता हिड्यौ वेहोशीमा
हृदयमा निराशाको आँधीवेहरी चले जस्तो ।

आफैसंग प्रश्न सोध्छु छैन उत्तर खोजे जस्तो
जिउनु पर्ने जिन्दगानी अफ्ठ्यारोमा फले जस्तो ।


टि‍. बि. सागर
सुनसरी-नेपाल

No comments :

Post a Comment