
जे देख्यो त्यहि बोल्न खोज्दाखोज्दै
बोलीलाई तरवारले प्रभाव पार्यो ।।
गन्तब्य धेरै टाढा थिएन पुग्नलाई
तिब्र गति हतारले प्रभाव पार्यो ।।
हाम्रो योजना अवस्य सफल हुन्थ्यो
समूहकै एक गद्धारले प्रभाव पायो ।।
उ त्यसरि विदेश जानु पर्दैन थियो
साहुको ऋण भारले प्रभाव पार्यो ।।
म कदापी माया गर्दिन भन्दै थिएँ
त्यै मोरिको प्यारले प्रभाव पार्यो ।।
http://chisapaninepal.blogspot.com/
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
No comments :
Post a Comment