यहाँ सुन्दर नजारा कति हो कतिछन् फेवा र रारा कति हो कति
झन खोला खोल्सी गन्डकी कोशी
ती पधेरी र धारा कति हो कति
झरेको छ रुप्से बोकि बेग आफ्नै
यि झरना छहारा कति हो कति
हरियाली जंगल अनेक बन्य जन्तु
सौराह र बारा कति हो कति
उत्तर छ खुलेको टल्कने हिमाल
जगमग सितारा कति हो कति
मनकुरा "मेरो गौरब"
गौरब श्रेष्ठ







No comments :
Post a Comment