Showing posts with label राम शरण श्रेष्ठ. Show all posts
Showing posts with label राम शरण श्रेष्ठ. Show all posts

Thursday, November 10, 2016

गजल-पछाडी पनि आँखा भै दिए पो (राम शरण श्रेष्ठ)

पछाडी पनि आँखा भै दिए पो 
मान्छे सधैं नै बच्चा भै दिए पो 
..
खबर पाइँन तिमी त गैसकेछौ
मेरै सामुन्ने सदा भै दिए पो 
...
आकास खसेनन् तारा झरेनन्
केही सपना त पूरा भै दिए पो 
...
यो जीन्दगी कसरी जीन्दगी भनुँ 
तिमी आधा म आधा भै दिए पो
..
छातिमा टेकेरपो हिँड्नु भएछ 
सधै बाटा सजिला भए दिए पो 
...
ज्यूदो छु या मरे बुझ्नै सकिन 
देखिने बरु आत्मा भै दिए पो 
..
हजारौ भेटिन्छन् यि भिडहरुमा
तर कोहि त आफ्ना भै दिए पो 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।
05-Feb-2015

Monday, June 27, 2016

गजल गायन-उसैलाई सम्झेर बसिरहेछु (राम शरण श्रेष्ठ)






उसैलाई सम्झेर बसिरहेछु
फैसला कुरेर बसिरहेछु
स्वर, रचना, लय
राम शरण श्रेष्ठ
मात्र हारमोनियममा
Listen at YouTube

गजल गायन-अब जिन्दगीको उठी बास उठ्ला (राम शरण श्रेष्ठ)

गजल गायन-अब जिन्दगीको उठी बास उठ्ला
रचना, लय र गायन
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप ।
Ghazal
Aba Jindagiko Uthibas Uthala
Uta Doli Uthda Yata Las Uthala
Lyric, Music and Vocal
Ram Sharan Shrestha

अब जिन्दगीको उठी बास उठ्ला
उता डोली उठ्दा यता लास उठ्ला
..
आज सरिर बाट मुटु चुँडी लगे
धड्कन सँगै मेरो अब स्वास उठ्ला
..
कुनै दिन त भए हाम्रो प्रेम चर्चा
उघारेर पर्दा इतिहाँस उठ्ला
..
उस्कै हुकुम हो यो मर्नु पर्छ मैले
नठान्नु अब फेरी तिम्रो दास उठ्ला
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप ।
Listen at YouTube

Monday, November 9, 2015

तिहार विशेष गजल- सबैका घरघरमा लक्ष्मी आओस तिहारमा_राम शरण श्रेष्ठ

झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
सबैका घरघरमा लक्ष्मी आओस तिहारमा
..
देशै भरी दिपावली लक्ष्मी पुजा भाई टिका
देउसी भैलो रमाईलो धुन छाओस तिहारमा
..
नहोस खाली निधार भाईको हात दिदिवहिनीको
ओखर सँगै साँढेसाती फूटी जाओस तिहारमा
..
सप्तरंगी टिका माला दिदिबैनीको हातबाट 
सबले टिका यसपाली लाउन पाओस तिहारमा
...
झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
सबैका घरघरमा लक्ष्मी आओस तिहारमा
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप 
र बुलबुलम २०७० तिहार विशेषमा बाचन भएको 

Wednesday, March 11, 2015

गजल-चुपचाप चुपचाप आँखाबाटै

चुपचाप चुपचाप आँखाबाटै
चलिरह्यो बार्तालाप आँखाबाटै

उताबाट निरन्तर गरेर प्रहार
गरिदियो सखाप आँखाबाटै

यसरी गरेपछि जुलम म मा
मैले नि गरे पाप आँखाबाटै

थमाइ गुलाब अनि धड्कनको
लिइएको थियो माप आँखाबाटै

मेरो हजुरले मलाई फसाउन
थाप्नुभयो धराप आँखाबाटै

यो 'रामले' अब हजुरलाइ आफ्नो 
बनाउँछ मैसाप आँखाबाटै
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
यो साँझ यो सुवास र बुलबुलमा बाचन भएको
(मनको आँखाबाट मनको आँखाहुँदै मुटु सम्म दस्तक दिनेहरुलाई सलामी यो गजल मार्फत )

गजल-मिलिरह्यो हरदिन ठक्करहरु (राम शरण श्रेष्ठ)

राम शरण श्रेष्ठ
मिलिरह्यो हरदिन ठक्करहरु
रहरमै सिमित भो रहरहरु
.. 
तिमी हामी पूजा गछौं र पो
भगवान बनेकाछन् पत्थरहरु
..
सहरमैछ सुविधार पैसापानी
गाउँतिर आउँदैनन् डाक्टरहरु
..
तिमी बिना त सोचेकै थिएन
अब कसरी गरौखै सफरहरु
..
यो दुनियाँ पनि सुन्दर लाग्नेछ
फूलका आँखा बनाए नजरहरु
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
गजल बिम्ब (2071-08-11/27-11-2014) मा बाचन भएको

Monday, January 19, 2015

गजल- नसुनेझैं गर्छ... शिंहदरवारले (राम शरण श्रेष्ठ)

नसुनेझैं गर्छ... शिंहदरवारले । 
यो वस्तिलाई विर्सेछ सर्कारले ।

आफ्नो गाउँ लाइ आफै बनाउन 
जाग जनता.. भन्दैछ हतारले ।

आज पिइन्छ खुब पिइन्छ पक्कै 
बषौं पछि बोलाएको छ यारले ।

गुणस्तरले भन्दा बढी प्रभाव 
बिक्रीमा पर्दोरैछ उपहारले ।

गरिबको सन्तान डाक्टर भएमा 
यहाँका रोगी बाँच्थे उपचारले ।

धेरै पाठ पढाएकोछ 'राम'लाई 
कसैको धेकैधोका अनि प्यारले । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
21-June-2013
स्मृतिका पानामा बाचन भएको : स्मृतिका पाना (2071-05-09/23-08-2014)

Tuesday, December 30, 2014

571.शुभकामना शुभकामना शुभकामना

नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना ।। 
मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।१।
..
समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस
पूरा होस सबै काम, हतारहरुलाई शुभकामना ।२।
..
शान्तको शन्देश बोकेर, नयाँ विहान उदाओस
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना ।३।
..
मुल्य बृदि रोकियोस, सबैका पैसा जोगियोस
दुखि र गरिवका, बजारहरुलाई शुभकामना ।४।
.........
कसैले दुख नपाओस, बाढी पैरो नजाओस
नदि कोशि नजिकका, किनारहरुलाई शुभकामना ।५।
....
विगतजस्तो हुँदै नहोस, अन्योल र निराकार
अब आउने जनताका, सर्कारहरुलाई सुभकामना ।६।
..
राजनीतिका काला बादल, हटोस नयाँ सालमा
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना।७।
..
प्रेमका पनि कुरा होस्, सोचेका सबै पूरा होस
नयाँ बस्न लागेका, घरवारहरुलाई शुभकामना ।८।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप ।
2068-12-26/8-April-2014
नयाँ वर्ष २०६९ को पुर्व सन्ध्यामा लेखिएको यो गजल आउँदै गरेको इसं २०१४ को पूर्व सन्ध्यामा फेरी पनि । यो गजल गजलका शेरहरुमा नयाँ बर्ष विशेषमा बाचन भएको थियो ।
Wish you Very Very Happy Upcoming New Year 2015

Thursday, May 29, 2014

कोही लडाउनेहरु कोही उक्साउनेहरु

कोही लडाउनेहरु कोही उक्साउनेहरु ।
बारम्बार भेटेको छु मलाइ सताउनेहरु ।

गरिवि के हो तिनीहरुलाई सोधी हेर्नु
यहाँ थुप्रैछन् पानि पिएर अघाउनेहरु ।

आजभोली सम्झन अलि फुर्सद छैन
मलाई माफ गर्नु ए याद पठाउनेहरु ।

एक इट राखेर सुरुवात गरेर देखाऊ
युद्धको नाममा इमारत भत्काउनेहरु ।

एक दिन जनताले ठुलो दण्ड दिनेछन्
साबधान ए जनतालाई झुक्याउनेहरु ।

म सधै शान्तिकै पक्षमा उभिरहनेछु
अझैं बाँकि छन् बुद्ध जन्माउनेहरु ।
13-Dec-2013
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Tuesday, June 11, 2013

622.अधुरै रह्यो... रहर आफ्नो त (राम शरण श्रेष्ठ)

अधुरै रह्यो... रहर आफ्नो त ।।
अभागी रैछ खप्पर आफ्नो त ।।

जस्को नाउँमा जिन्दगी अर्पिएँ
उसैले भत्कायो घर आफ्नो त ।।

सगरमाथा नै बन्यो चोटहरुको
जिन्दगी बन्यो बगर आफ्नो त ।।

चुँडियो सम्बन्ध जोड्नै सकिन्न
टुङ्गीयो यता सफर आफ्नो त ।।

कसरी बाँच्नु लौ बाँकी जिन्दगी
छुट्यो पिरति भर्खर आफ्नो त ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Sunday, May 12, 2013

619. गजल -फेरिन्छ ढुङ्गे मुटु मन फेरिन्छ

फेरिन्छ ढुङ्गे मुटु मन फेरिन्छ ।।
समय अनुसार चलन फेरिन्छ ।।


पुराना कागज र थोत्रा सिसिहरु
उठाउनेको पनि जिवन फेरिन्छ ।।

नहेप्नु है साना नानिहरुलाई
यहाँ सबैको बचपन फेरिन्छ ।

जीन्दगीको युद्ध लडिरह्यौ भने
समयको पनि सासन फेरिन्छ ।।

यो जमाना कलियुग हो बाबै
मुना फेरिन्छ मदन फेरिन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Note :
यो गजल मिति २०७० बैशाख १८ गते १ मे २०१३को बुलबुल १९२ मा बाचन भएको मेरो यौटा गजल

618.गजल - समयले सबै चिज सिकाउँदो रहेछ

समयले सबै चिज सिकाउँदो रहेछ ।
मुटुलाइ पनि पत्थर बनाउँदो रहछे ।

म बुझिरहेछु के पाउनको लागि
कस्ले कहाँ गुन लगाउँदो रहेछ ।

पूजारीले अधिपत्य जमाइसकेपछी
आफैलाई भगवान बताउँदो रहेछ ।

निर्धालाई यहाँ जब हेप्न पाएपछी
सबैले जति सक्दो दबाउँदो रहेछ ।

हिजो हाम्रै भोटले सत्तामा पुगेका
मान्छेहरुले आतंक मच्चाउँदो रहेछ ।

आउ तिमी पनि कथा सुनेर जाउ
भाग्यले कसरी झुक्याउँदो रहेछ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Thursday, January 10, 2013

586. मायाँ कति छ यता, तिम्लाई के था !!

मायाँ कति छ यता, तिम्लाई के था !!
तिमी प्रति छ यता, तिम्लाई के था !!

नबोलेर कति तिमी, रिसाउँछ्यौ सधै
सोचे जति छ यता, तिम्लाई के था !!

कति सम्झाउँ तिम्रो हुँ म, तिमी मात्र मेरो
कस्तो गति यता, तिम्लाई के था !!

प्रमाण के दिउँ म, तिम्रो शंका दुर गर्न
मृत्यु मति छ यता, तिम्लाई के था !!

कसम यो "राम"को, अव धेरै नतड्पाउ
चोखो अति छ यता, तिम्लाई के था
30-12-2010
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
http://nepaligazal.com/gazal/nepali/933302010130.html

Sunday, October 21, 2012

480.कसैको दशै धुमधाम हुन्छ ।।

कसैको दशै धुमधाम हुन्छ ।।
कसैको दशैं शुनसान हुन्छ ।।

हुनेहरु कै हो भगवान पनि
नत नहुनेको भगवान हुन्छ ।।

छाक टार्न काम गर्नै पर्छ
नत राम्रो खानपान हुन्छ ।।

नगरे पुजा रिसाउला देउता
नत पुजाकै सामान हुन्छ ।।

आफन्छ कोहि विदेशमा होलान्
नेपालमा रुदै जाहान हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
http://chisapaninepal.blogspot.com/2012/10/blog-post.html

Friday, September 28, 2012

347.दिन्थें मुटुमै बास........


दिन्थें मुटुमै बास, पहिला भनिनौं ।।
लाग्थ्यो तिमीमै, आस पहिला भनिनौं ।।

कोहि छ भन्थ्यौ सेध्दा, एउटा अतिमनपर्ने
पाइँन मै भनि आभास, पहिला भनिनौं ।।

बाटो बन्यो अर्कौ, आस मरेपछि
तयार थें दिन साथ, पहिला भनिनौं ।।

कस्तो छल समयाको, जित्दा पनि हारभो
सोच्दै हुन्थें जिउँदो लास, पहिला भनिनै ।।

बिर्सिदेउ पुराना कुरा, विर्सिदेउ मलाई अब
मुटु धड्कन अर्कौछ सास, पहिला भनिनै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

Thursday, September 27, 2012

341.ग्राहक लाई प्रचारले प्रभाव पार्यो ।।

ग्राहक लाई प्रचारले प्रभाव पार्यो ।।
विक्रिलाई उपहारले प्रभाव पार्यो ।।

जे देख्यो त्यहि बोल्न खोज्दाखोज्दै
बोलीलाई तरवारले प्रभाव पार्यो ।।

गन्तब्य धेरै टाढा थिएन पुग्नलाई
तिब्र गति हतारले प्रभाव पार्यो ।।

हाम्रो योजना अवस्य सफल हुन्थ्यो
समूहकै एक गद्धारले प्रभाव पायो ।।

उ त्यसरि विदेश जानु पर्दैन थियो
साहुको ऋण भारले प्रभाव पार्यो ।।

म कदापी माया गर्दिन भन्दै थिएँ
त्यै मोरिको प्यारले प्रभाव पार्यो ।।

 http://chisapaninepal.blogspot.com/
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Sunday, September 23, 2012

300.मान्छे सबै असल हुँदैन ।।


मान्छे सबै असल हुँदैन ।।
प्रेम हो भने छल हुँदैन ।।

यदि तिमीले पढ्दैनौं भने
मेरा शेरहरु गजल हुँदैन ।।

बुझ्नुपथ्र्यो तिम्ले पनि त
विनाकारण हलचल हुँदैन ।।

ढुङ्गे मुटु पनि पग्लिन्छ हेर
जब जून  सितल हुँदन ।।

सफलता तब धर्मराउँछ
उद्देश्य जब अटल हुँदैन ।।

दुनियाँले जे–जे भनुन् तर
"राम" प्रेममा पागल हुँदैन ।।

Copyright
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Wednesday, September 19, 2012

267.गरिबको दुःख, समाचार बन्दैन ।।

गरिबको दुःख, समाचार बन्दैन ।।
जनताको सुन्ने, सरकार बन्दैन ।।

ठूलाहरुकै यहाँ.., हाली मुहाली छ
सिमान्तकृत ज्यूने, आधार बन्दैन ।।

पुस्तौं जोते पनि, त्यो गैरी खेतमा
किसान कहिल्यै, जमिनदार बन्दैन ।।

देश बेचेर आफ्नै, ढुकुटी भर्नेलाई
दण्डित गर्ने खाले, अख्त्तियार बन्दैन ।।

खुशी रहन, हर प्रयासहरु गर्दा पनि
यि मुस्कानहरु, सदावहार बन्दैन ।।

http://chisapaninepal.blogspot.com
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

Tuesday, September 18, 2012

255.खोजे जस्तै बर मिलोस्, बरदानमा तिमीलाई ।।

खोजे जस्तै बर मिलोस्, बरदानमा तिमीलाई ।।
स्वर्ग जस्तै घर मिलोस्, बरदानमा तिमीलाई ।।

तिम्रो हर सुख दुख, आफ्नो ठानि मायाँ गर्ने
यौटा हमसफर मिलोस्, बरदानमा तिमीलाई ।।

जन्म घर विदा लिई, कर्म घरको यो यात्रामा
असल साथी भर मिलोस्, बरदानमा तिमीलाई ।।

दर खनु ब्रत बस्नु, साथी साँगी सँग नाच्नु

शुःख सान्ति प्रहर मिलोस् बरदानमा तिमीलाई ।।

शुभकामना यो तिजमा, खोजे जति रोजे जति
तिम्ले पाको खबर मिलोस्, बरदानमा तिमीलाई ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

Wednesday, September 12, 2012

244.बोल्नै छोडिदिए मेरा, यारहरु आजभोली ।।


बोल्नै छोडिदिए मेरा, यारहरु आजभोली ।।
किन सच्चा हुँदैनन, प्यारहरु आजभोली ।।

हामीलाई फूटाउन, दुस्मनहरु जमघटमा
सक्रिय भएकाछन्, गद्धारहरु आजभोली ।।

किन मान्छेले मान्छेको, अस्तित्व स्विर्कादैन
फेरीएछ सामाजीक, ब्यवहारहरु आजभोली ।।

विचारको युद्धमा..., हिंशाबादी पसेका छन्
बोकेर तर्साउँदैछन्, तरवारहरु आजभोली ।।

राम्रो आउला खबरहरु..., भनेर बस्दा बस्दै
उहि आउँछ नराम्रो, समाचारहरु आजभोली ।।


http://chisapaninepal.blogspot.com/
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।