Sunday, May 12, 2013

619. गजल -फेरिन्छ ढुङ्गे मुटु मन फेरिन्छ

फेरिन्छ ढुङ्गे मुटु मन फेरिन्छ ।।
समय अनुसार चलन फेरिन्छ ।।


पुराना कागज र थोत्रा सिसिहरु
उठाउनेको पनि जिवन फेरिन्छ ।।

नहेप्नु है साना नानिहरुलाई
यहाँ सबैको बचपन फेरिन्छ ।

जीन्दगीको युद्ध लडिरह्यौ भने
समयको पनि सासन फेरिन्छ ।।

यो जमाना कलियुग हो बाबै
मुना फेरिन्छ मदन फेरिन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Note :
यो गजल मिति २०७० बैशाख १८ गते १ मे २०१३को बुलबुल १९२ मा बाचन भएको मेरो यौटा गजल

No comments :

Post a Comment