गरिबको दुःख, समाचार बन्दैन ।।जनताको सुन्ने, सरकार बन्दैन ।।
ठूलाहरुकै यहाँ.., हाली मुहाली छ
सिमान्तकृत ज्यूने, आधार बन्दैन ।।
पुस्तौं जोते पनि, त्यो गैरी खेतमा
किसान कहिल्यै, जमिनदार बन्दैन ।।
देश बेचेर आफ्नै, ढुकुटी भर्नेलाई
दण्डित गर्ने खाले, अख्त्तियार बन्दैन ।।
खुशी रहन, हर प्रयासहरु गर्दा पनि
यि मुस्कानहरु, सदावहार बन्दैन ।।
http://chisapaninepal.blogspot.com
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।







No comments :
Post a Comment