Wednesday, September 19, 2012

268.हामी दुइको बिछोडमा कोहि खुसी हुन्छ भने

हामी दुइको बिछोडमा कोहि खुसी हुन्छ भने
साँचो माँया मर्ने छैन यदि मनले सुन्छ भने

रुन्थेँ सधै सम्झनामा सिरानीमा सिर राखी
आँसु झार्छु सधै भरी तिम्रो पिडा धुन्छ भने

खबर सुने आज-भोली उनी सँगै रम्दै छौ रे
बस्छु अझै निरीहभै तिम्ले खुसी छुन्छ भने

भुल्न गारो हुदो रैछ बिताएका मिठा पल
भेट्ने थिन आज आइ एस्तो जाल बुन्छ भने

पढे देखी यो गजल नखेलाउनु मन्मा कुरा
हारे मैले तिम्रो ओठको बोलि सबै थुन्छ भने

☆•*¨★ S.P ★¨*•☆
एस.पी
शान्ति पाख्रिन

No comments :

Post a Comment