Showing posts with label Nepali Ghazal. Show all posts
Showing posts with label Nepali Ghazal. Show all posts

Tuesday, July 12, 2016

गजल-प्यार बोकेर सुमधुर प्रिया यस्तो भन्छिन (खगेन्द्र बोहरा)

प्यार बोकेर सुमधुर प्रिया यस्तो भन्छिन
घर आउनु न हजुर प्रिया यस्तो भन्छिन  

  सुख दुःख दुबै मिलि यतै गरौंला नि
चाहिदैन सुनको गजुर प्रिया यस्तो भन्छिन

   सायदै बिलासिता नमिल्ला म मान्छु
हुन्छ आत्मा खुशी जरुर प्रिया यस्तो भन्छिन

   घर बाट जतिसुकै टाढा बसे पनि
हुदैन आफ्नोे लाहुर प्रिया यस्तो भन्छिन

  यसपालि त बाबा घर आउनु हुन्छ भनी
छोराछोरी भा छन् आतुर प्रिया यस्तो भन्छिन

खगेन्द्र बोहरा
गुलरिया कंचनपुर

Monday, June 27, 2016

गजल गायन-उसैलाई सम्झेर बसिरहेछु (राम शरण श्रेष्ठ)






उसैलाई सम्झेर बसिरहेछु
फैसला कुरेर बसिरहेछु
स्वर, रचना, लय
राम शरण श्रेष्ठ
मात्र हारमोनियममा
Listen at YouTube

गजल गायन-अब जिन्दगीको उठी बास उठ्ला (राम शरण श्रेष्ठ)

गजल गायन-अब जिन्दगीको उठी बास उठ्ला
रचना, लय र गायन
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप ।
Ghazal
Aba Jindagiko Uthibas Uthala
Uta Doli Uthda Yata Las Uthala
Lyric, Music and Vocal
Ram Sharan Shrestha

अब जिन्दगीको उठी बास उठ्ला
उता डोली उठ्दा यता लास उठ्ला
..
आज सरिर बाट मुटु चुँडी लगे
धड्कन सँगै मेरो अब स्वास उठ्ला
..
कुनै दिन त भए हाम्रो प्रेम चर्चा
उघारेर पर्दा इतिहाँस उठ्ला
..
उस्कै हुकुम हो यो मर्नु पर्छ मैले
नठान्नु अब फेरी तिम्रो दास उठ्ला
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप ।
Listen at YouTube