Sunday, October 21, 2012

484.दशैं विशेष-घाँटी हेरि हाड निले त, दशैँ दशा हुन्थ्यो किन?

घाँटी हेरि हाड निले त, दशैँ दशा हुन्थ्यो किन?
ॠणै ॠणमा च्यापिएर, मान्छे यँहा रुन्थ्यो किन??

सँस्कारलाई सँस्कारकै, रुपमा नै मान्न सके,
बिकृती र बिसङ्गतले जताततै छुन्थ्यो किन??

देखा सिकि बन्द गरेर, आफु सक्दो बनाएत,
चोरि डकैत यि यावतको, समाचार सुन्थ्यो किन??

महङ्गिले आकाशलाई, चुम्न हतार नगरेमा,

हुँदा खने असक्षमले, मृत्युलाई चुन्थ्यो किन??

माथिबाट सहयोगको, त्यस्तो कुनै काम भए,
अराजक र अशान्तले, यँहा जाल बुन्थ्यो किन??

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार

No comments :

Post a Comment