रेगिस्तानमा दिनानुदिन मरिरा'छ रहरहरु!उसिनेर उष्णताले झरिरा'छ रहरहरु!!
मूल फुट्दा पसिनाको शिर बाट पाउ सम्म,
नैराश्यको बस्तितिर सरिरा'छ रहरहरु!!
न स्मृति ताज रह्यो न भबिष्य स्पस्त छ,
अन्यायस्सै आफ्नै बुर्कि छरिरा'छ रहरहरु!!
थरथराउछ औला यिनि कातर भा'छ मन पनि,
पलपल तर्पण ह्या तरिरा'छ रहरहरु!!
जोड घटाउ नाफा नोक्सान बेचिएर आफै यँहा,
हात लाग्ने शून्य हिसाब गरिरा'छ रहरहरु!!
घरको खुशि रित्याएर रगतले बेरङ्गीन यो,
रेगिस्तानको बिम्बलाई भरिराछ रहरहरु!!
दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार







No comments :
Post a Comment