Tuesday, September 11, 2012

238.नयाँ बन्ने भगवान भो पैसा


नयाँ बन्ने भगवान भो पैसा
सबैले मान्ने बर्तमान भो पैसा

नगर्नुस् कुरा दफा र ऐनको
हुनेखानेहरुकै बिधान भो पैसा

डाक्टरमा पनि मानबता रहेन
गरिबलाई पुर्ने चिहान भो पैसा

यसैले छुटायो नाता सम्बन्ध
ईश्वर भन्दा बलबान भो पैसा

यात्रु किचिदा सडक छेकिन्छ
कस्तो सजिलो निदान भो पैसा

छोरो रुदा चकलेटले मान्दैन
बाच्चाकै पनि मुस्कान भो पैसा

मेरो गौरब
गौरब श्रेष्ठ (मनकुरा)

No comments :

Post a Comment