नेताहरुको सर्कारमा, जाने दाउ हुन्छ ।।कर्मचारीको भन्सारमा, जाने दाउ हुन्छ ।।
इमान्दारिता विक्रिमा, हुन्छ धेरै यहाँ
फाइदाकै ब्यापारमा, जाने दाउ हुन्छ ।।
हतार धेरै हुन्छ, सबलाई किन होला
झुपडीछाडी दर्वारमा, जाने दाउ हुन्छ ।।
यहाँ सब मान्छेहरु, अहमताकै बन्दी धेरै
शक्तिसाली अबतारमा, जाने दाउ हुन्छ ।।
प्रेम रोगले अति ग्रस्त, हुँदा हुँदै पनि उ
फेरीपनि उहि प्यारमा, जाने दाउ हुन्छ ।।
मत सानो गजलकार, के दिउँर उपहार
डुब्दै स्वच्छ विचारमा, जाने दाउ हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।







No comments :
Post a Comment