Tuesday, September 11, 2012

236.जन्म घरको नाता तोड्दै नयाँ नाता जोड्नु पर्ने


जन्म घरको नाता तोड्दै  नयाँ नाता  जोड्नु पर्ने
बाल्यकालको याद छोड्दै  नौलो बाटो  मोड्नु पर्ने

बर्ष दिनको तिज आयो मन्मा जाग्छ झिनो आशा
गैरी खेतको धान गोड्दै खुशी इच्छा गोड्नु पर्ने

मकै पातले गित गायो भाई पो लिन आउछ कि
आशै आशमा याद जोड्दै पिर व्यथा फोड्नु पर्ने

रुन्छु कहिले सुक्क सुक्क बाबा आमा घर सम्झी
जन्म घरको माया ओड़दै मेला पात छोड्नु पर्ने

यसपालीको धोको मेरो मिल्न जादा सुन्यतामा
भारी मनको डल्ला फोड्दै रुदै घुम्टो ओड्नु पर्ने


           तारा.प्र अधिकारि
~~~~!!![गरुवाली तारा ]!!!~~~~~

No comments :

Post a Comment