Thursday, June 14, 2012

107.बिदाई छ ितम्रो दिललाई, खुसी दिलले वाइवाई

बिदाई छ ितम्रो दिललाई, खुसी दिलले वाइवाई
तिम्रै खुसी गरिखानु, मोझमस्ति हाइहाई ।।

मन गरेर हुॅदो रैन, आफ्नै दिलमा राख्न
सानो आॅट्ले सकिन्न रैछ, उर्ल़््या भेल रोक्न 

पानको पातमा टाॅस्या तस्विर, सक्यौ होला जलाई
बिदाई छ तिम्रो दिललाई, खुसी दिलले वाइवाई ।।।।

क्षितिजको ईन्द्रेणीझैॅ, रंगाउन खोज्दा
महल हुॅदो रैन झुप्रो, सजाउन खोज्दा 

अब हाम्रो सम्बन्धको, हुने भो सफाई
बिदाई छ तिम्रो दिललाई, खुसी दिलले वाइवाई ।।।।

बधाई छ तिम्रो ज्यानलाई, यो मन छोडेकोमा
देऊरालीका हाम्रा वाचा, त्यसै तोडेकोमा 

अरू-कोहिको फुलको मुना, सक्यो होला पलाई
बिदाई छ तिम्रो दिललाई, खुसी दिलले वाइवाई ।।।।

यो दिलमाझैॅ- त्यो दिलमा नि, नदेखाउनु जात्रा
वालुवामै फुल्न खोज्दा, ओइलाऊली नत्र 

सम्झनिका टिलपील आॅसु, दिनु होला बगाई
बिदाई छ तिम्रो दिललाई, खुसी दिलले वाइवाई ।।।।

बिदाई छ तिम्रो दिललाई, खुसी दिलले वाइवाई
तिम्रै खुसी गरिखानु, मोझमस्ति हाइहाई ।।


दिपक निरौला (गजरा) 
ताप्लेजुंग
( हाल: सिड्नी )

No comments :

Post a Comment