Thursday, October 4, 2012

395.कहाँ गयो अपराधि, कुट्न मन लगेको छ ।

कहाँ गयो अपराधि, कुट्न मन लगेको छ ।
अली अली भाको माल, लुट्न मन लगेको छ ।।

पोल खोल्छु भनेको त सात कोष टाढा भाग्ने,
भेटे पछि तातो तेल्मा, भुट्न मन लागेको छ ।

दोषी होस भन्दा पनि उल्टै निहु खोच्छ गाठेँ,
सियो खोजी त्यस्को जिब्रो, खुट्न मन लागेको छ ।।

कित वार कित पार भएर नै छोड्छ अब,
उसै प्रति रिस पोख्दै, जुट्न मन लागेको छ ।

सोझो लाइ हेप्दो रैछ प्रतिकार नगर्दा त,
बम बनी छाति भित्र, फुट्न मन लागेको छ ।

रत्न शमशेर थापा "निर्दोषी"
गजुल - रोल्पा
{हाल - दोहा, कतार }
 
 

No comments :

Post a Comment