Showing posts with label रत्न शमशेर थापा 'निर्दोषी'. Show all posts
Showing posts with label रत्न शमशेर थापा 'निर्दोषी'. Show all posts

Tuesday, October 16, 2012

452.निधारमा रातो टिका लगाएर मानौ दशै ।

निधारमा रातो टिका लगाएर मानौ दशै ।
खुशी हुदै दुःख पिडा भगाएर मानौ दशै ।।

आर्शिवाद लिनु पर्छ आँफु भन्दा ठुला बाट ,
मन भरि हर्षै हर्ष , जगाएर मानौ दशै ।।

रिस राग गर्न छोडौ मिलीजुली बस्नु पर्छ,
धर्म गर्न पाप जति , बगाएर मानौ दशै ।।

प्रदेशमा हुनेहरु आफ्ना आफ्ना घर बाट,
जमरा र रातो टिका, मगाएर मानौ दशै ।।

रत्न शमशेर थापा 'निर्दोषी'
गजुल रोल्पा

Monday, October 8, 2012

417.बिना अर्थ माया जाल बुनेर पछुतो भो ।

बिना अर्थ माया जाल बुनेर पछुतो भो ।
कसैलाइ मुटु भित्र थुनेर पछुतो भो ।।

जुनि जुनि साथ दिने कसम तोडी जाने ,
निष्ठुरीनै जिबन् साथि, चुनेर पछुतो भो ।।

खुशि दिने लक्ष्य बोकी जिबन भरी सधै,
उन्को लागी फूल माला उनेर पछुतो भो ।।

बाचुन्जेल तिम्रै भनी सर्वस्व सुम्पिदानि
तिमी मेरो हैनौ भन्ने सुनेर पछुतो भो ।।

रत्न शमशेर थापा "निर्दोषी"
गजुल - रोल्पा
हाल - दोहा, कतार

Thursday, October 4, 2012

395.कहाँ गयो अपराधि, कुट्न मन लगेको छ ।

कहाँ गयो अपराधि, कुट्न मन लगेको छ ।
अली अली भाको माल, लुट्न मन लगेको छ ।।

पोल खोल्छु भनेको त सात कोष टाढा भाग्ने,
भेटे पछि तातो तेल्मा, भुट्न मन लागेको छ ।

दोषी होस भन्दा पनि उल्टै निहु खोच्छ गाठेँ,
सियो खोजी त्यस्को जिब्रो, खुट्न मन लागेको छ ।।

कित वार कित पार भएर नै छोड्छ अब,
उसै प्रति रिस पोख्दै, जुट्न मन लागेको छ ।

सोझो लाइ हेप्दो रैछ प्रतिकार नगर्दा त,
बम बनी छाति भित्र, फुट्न मन लागेको छ ।

रत्न शमशेर थापा "निर्दोषी"
गजुल - रोल्पा
{हाल - दोहा, कतार }
 
 

Tuesday, September 25, 2012

319.सच्चा नेपाली वीर हुँ म झुक्दै झुक्दैन ।

सच्चा नेपाली वीर हुँ म झुक्दै झुक्दैन ।
सगरमाथा शिर हुँ म झुक्दै झुक्दैन ।।

देश लिलाम पार्न खोज्ने दलाल लाइ,
सीङ्गै गडीने तीर हुँ म झुक्दै झुक्दैन ।।

जति दुश्मन आए पनि हुन्न बिचल्ली,

स्वाभीमानको स्थिर हुँ म झुक्दै झुक्दैन ।।

बाढी पहीरो जे आओस सधै मलाइ
दह्रो चट्टानको भिर हुँ म झुक्दै झुक्दैन ।।

रत्न शमशेर थापा 'निर्दोषी'
गजुल - रोल्पा
हाल - दोहा, कतार

Monday, September 24, 2012

315.सधै भरी अरबको , घाम सँग कति लड्नु ?


सधै भरी अरबको , घाम सँग कति लड्नु ?
गैटी बेल्चा बोक्दै यहाँ, काम सँग कति लड्नु ?

परीश्रम गर्दा पनी छाक टार्न गाह्रो हुने,
नबुझ्ने यि बिदेशिका , दाम सँग कति लड्नु ?

रमाउला बरु हामी पहाडको ढिडो खादै,
दिक्क हुदै अब बासी, माम सगँ कति लड्नु ?

अति भयो प्रदेशमा आफ्नै घर फिर्नु पर्छ ,
पसिनाको मुल्य तोक्ने, ठाम सगँ कति लड्नु ?

पौरखीका सन्तान हौ हाम्रै देशमा फुल्दा राम्रो,
अझै पनि स्वाभीमानी, नाम सगँ कति लड्नु ?

रत्न शमशेर थापा 'निर्दोषी'
गजुल - रोल्पा
हाल - दोहा, कतार