 नरुझेको तनलाई रुझाएर जान्छ याद !
नरुझेको तनलाई रुझाएर जान्छ याद !नदुखेको मनलाई दुखाएर जान्छ याद
नैराश्यता उम्लिएर बाफले झैँ पोली दिंदा
नझुकेको शिरलाई झुकाएर जान्छ याद
बिछोडमा विश्वाशको तुवालो नै फाटे पछी
नसुकेको धारोलाई सुकाएर जान्छ याद
बन्धनका पोयाहरु खुकुलिदा जताततै
नटुटेको नातालाई टुटाएर जान्छ याद
बाध्यताका कसीहरु गर्जिएर साथ लाग्दा
नलुटेको कर्मलाई लुटाएर जान्छ याद
~~~**गरुवाली तारा** ~~~~



 




 
 
 
 
 
 
 
 
 
 
 
No comments :
Post a Comment