 आउ संसार मा ज्ञानको ज्योति छर्ने"मान्छे बनौं"
आउ संसार मा ज्ञानको ज्योति छर्ने"मान्छे बनौं"गरीब अनी निमुखाको ,,दुःख हर्ने"मान्छे बनौं"
छाहारी भै मधुर शीतल दिन जान्नु पर्छ यहाँ!
दियो झैं आफु जली ,,उज्यालो भर्ने"मान्छे बनौं"
निस्वार्थ मन खोजी रहेछु म वीर गोर्खालीमा!
देशको लागी स्वर्ग हैन नर्क झर्ने"मान्छे बनौं"
आफ्नो लागी त पशुपनी बाँचेका हुन्छन भने!
 मानवता छभने कहीं अरुप्रति मर्ने"मान्छे बनौं"
 
सबै भन्दा महान मित्रतामा कृष्ण सुदामा झैं!
तिम्रो त्यो सबै थोक समर्पित गर्ने"मान्छे बनौं"
 
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
सबै भन्दा महान मित्रतामा कृष्ण सुदामा झैं!
तिम्रो त्यो सबै थोक समर्पित गर्ने"मान्छे बनौं"
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया



 




 
 
 
 
 
 
 
 
 
 
 
No comments :
Post a Comment