मैले सडकमा जिन्दगी बिताउनु अगाडी ।
सबै थियो मसँग तिम्लाई पाउनु अगाडी (१)
म पनि त कसै- कसैको सच्चा प्रेमी थिए ।
हिजो कसैले दिल मेरो जलाउनु अगाडी (२)
हो बिस्वार घात हुन सक्छ विचार गर्नुस ।
कसैलाई मन - मुटुमा सजाउनु अगाडी (३)
गुलाफ सँग 'सागर'को दुश्मनी भएको छ ।
लैजाउ फिर्ता यो गुलाब पठाउनु अगाडी (४)
© रदीफ सागर
सालझण्डी -१ रुपन्देही
हाल :- साउदी अरब
No comments :
Post a Comment