गजल
राखियो जिन्दगी अवसरमा राखियो ।
खुट्टाहरुलाई अाज सफरमा राखियो ।
कलाकारले पनि गल्ती गरेको हुनुपर्छ ।
त्यसैले देवतालाई पथ्थरमा राखियो ।
उदाहरण ?माछा बनाएर मान्छे लाई ।
पानीबाट बाहिर खुला बगरमा राखियो
सायद प्रेममा 'म ' पनि परेर त होला ।
कसै- कसैलाई खुब नजरमा राखियो ।
© रदिफ सागर
सालझण्डी -१ रुपन्देही
हाल:- साउदी अरव
No comments :
Post a Comment