Wednesday, June 3, 2015

रदीफ सागरका केही मुक्तकहरु

मुक्तक :-१
पढे लेखेको रैछौ दुख गरेर पसिना बगाएर ।
अचेल यतिकै बसेको रैछौ जागिर नपाएर  ।
तिम्रो योग्यताको कदर गरेर दिनेछ पक्कै  ।
सरकारले तिम्लाई भोलि राहदानी  बनाएर ।

© रदीफ सागर
सालझण्डी- १ रुपन्देही
हाल:- साउदी अरब

मुक्तक :-२
पक्कै पनि आनन्द पाईरहेछन् ।
त्यसैले भमराहरु रमाईरहेछन् ।
अस्मिता सुम्पेर पनि तिनीहरु ।
फूलहरु हेर्नुस् मुस्कुराईरहेछन् ।

© रदीफ सागर
सालझण्डी -१ रुपन्देही
हाल :- साउदी अरब

No comments :

Post a Comment