Showing posts with label आयुबेनी. Show all posts
Showing posts with label आयुबेनी. Show all posts

Tuesday, June 2, 2015

जलाउदा भयो

प्रियजनले पनि आउदा भयो
फुल र अबिर चढाउदा भयो
मुटुको व्यापार, गर्नेले छाती
चिर्न हतियार समाउदा भयो
हुँदैन कहिल्यै दोबाटो एउटै
संकोच भए नडराउदा भयो
आउँदै आउँदिन उठेर अब
मुर्दा भए म, जलाउदा भयो
-आयुबेनी

Friday, February 27, 2015

ढिलो भयो...

बलिद्र धारा आँसुले यो पत्थर'नी गिलो भयो
तिम्रो नाम कोर्दा मसि पोखिएर हिलो भयो
यो धमिलो पानीसँगै मिसिएर बग्यौ तिमी
तर तिम्रो छायाँ झनै गाढा निलो निलो भयो
पक्कै पनि समझदारी नभएर हुनु पर्छ
नत्र किन हाम्रो मायाँ सधैं दुख्ने पिलो भयो
भन प्रिया भन किन अजम्बरी हाम्रो मायाँ
जडौरी झैँ फ्याँकिएको पितलको टीलो भयो
तिम्रो बाटो कुरी बसें जिन्दगी यो ढल्दासम्म
आउन त आयौ तर अलिकति ढिलो भयो

आयुबेनी
कोशी हरैचा न.पा.-15 मोरङ्ग

Thursday, January 29, 2015

रानी नभन....

त्यो मुटुको धड्कनकी रानी नभन
नभन भो जिस्काएर सानी नभन


दुइ आत्माको इजलासले पास नगरी
माया मेरि , मेरि जिन्दगानी नभन

बाटो छेक्ने अल्लारेको भर हुन्न रे
भर नदिइ मलाइ मेरि नानी नभन

घरीघरी फर्किर'दा पक्कै पुरिन्छौ
पुरिए'सी मायाकी खानी नभन

दिलमा कोहि भए दिदा जवाफमा
पहिले उस्ले मेरो हात तानी नभन

आयुबेनी
कोशी हरैचा न.पा.-15 मोरङ्ग