गाजलु आँखा अनि राता राता गाला थियो
स्पर्स ले मात दिने मुलायम छाला थियो
लठ्ठै पार्थी एकै बोलिले मिजासिली कत्ति
लुकी लुकी चियाउने उन्को त्यो चाला थियो
धनी बाबुकी एक्ली छोरी रैछ र पो मोरि
लटरम्मै हातै भरी सुन को बाला थियो
जहाँ पुग्थी सबै भन्थे लक्ष्मी पो आईन
स्वागत स्वरुप फूलै फूलको माला थियो
पासाङ तमु
गोर्खा,नेपाल








No comments :
Post a Comment