Wednesday, August 8, 2012

164.प्रस्ताव गर्दा-गर्दै पनि, थाकिसके म


प्रस्ताव गर्दा-गर्दै पनि, थाकिसके म
स्वीकार्ने होइन कहिले, पाकिसके म

केवल तिम्रै नाम, जपेर  बस्छु सधैं
तेत्तिसकोटी देवी-देउता,भाकिसके म

व्यर्थै हुने हो कि,राख्दा मनमा तिमि
तैपनि मेरो मन भित्र, राखिसके म

कहिले त सोँच्छु, एक्लो जीवन देखेर
जेन-तेन आधा जीवन, हांकिसके म

तितो सत्य हो नै, यतार्थ बुझ्नु पर्ने
माया भन्दा गालि धेरै,चाखिसके म


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

No comments :

Post a Comment