Tuesday, August 7, 2012

163.नसोध कस्तो छ भनेर बेहाल छ यहाँ

नसोध कस्तो छ भनेर बेहाल छ यहाँ 
सधैभरी भोकमरी र अनिकाल छ यहाँ 

त्यतातिर जस्तो शान्त कहाँ पाउनु र 
पाइला पाइलामा सधै कोलाहाल छ यहाँ 

सहज र सरल सोच्थे जिन्दगी तर आज 
दाउपेचको भुमरीमा गोलमाल छ यहाँ 

एक्लै गन्तब्यबिहिन भौतारिदा आज 
आखामा सधैभरि आशुको ताल छ यहाँ 

सुख हरु त सपना संगै बिलाएर जान्छ 
दुखहरु मात्र सधैभरि फालाफाल छ यहाँ 

बालकुमारफगामी मगर 
देबिस्थान ५ म्याग्दी

No comments :

Post a Comment