रोजी हिड्दा समयले चुकाएछ भाग्य लाई!बिवश्ता र विधाताले झुकाएछ भाग्य लाई!!
मेटाउँदै निधारमा जीवनका रेखा आज !
सपनाको महलमा फुकाएछ भाग्य लाई !!
कुल्चिएर निर्दोष ति पाईलाका रेसा हरु !
जिन्दगीको कुना भित्र लुकाएछ भाग्य लाई!!
भेल सरी आफ्नै आँशु बगाउँदै आँखा बाट !
रात दिन बगी दिंदा सुकाएछ भाग्य लाई !!
डाँडा माथी उडी हिंड्ने सिमलको भुवा जस्तै !
आधी बाटो उडे पछी रुकाएछ भाग्य लाई !!
अतित लिङ्देन ( सुब्बा )
झापा
सपनाको महलमा फुकाएछ भाग्य लाई !!
कुल्चिएर निर्दोष ति पाईलाका रेसा हरु !
जिन्दगीको कुना भित्र लुकाएछ भाग्य लाई!!
भेल सरी आफ्नै आँशु बगाउँदै आँखा बाट !
रात दिन बगी दिंदा सुकाएछ भाग्य लाई !!
डाँडा माथी उडी हिंड्ने सिमलको भुवा जस्तै !
आधी बाटो उडे पछी रुकाएछ भाग्य लाई !!
अतित लिङ्देन ( सुब्बा )
झापा







No comments :
Post a Comment