यौबन सबै बित्ने भो मरुभूमिको तातोमा
जान्छ क्यारे प्राण पनि पराइकै माटोमा
म यता उनि उता रुने यो कस्तो बिडम्बना
आखा दुख्यो होला हेरी२ म आउने बाटोमा
दुख पछि सुख आउछ भन्थे खै त आएन
सुख नै लेख्याछैन होला यो ज्यानको पाटोमा
के फल्दैन दुख गरे सबै छ त्यै हाम्रो बारीमा
खोरिया खन्नु जाती यस्तो दुख गर्नुको साटोमा
परदेशको यो महंगा खानाले कमजोर भए आज
कति भिटामिन लुकेको छ त्यो ढिडो र आटोमा
बालकुमारफगामी मगर
देविस्थान म्याग्दी ........
जान्छ क्यारे प्राण पनि पराइकै माटोमा
म यता उनि उता रुने यो कस्तो बिडम्बना
आखा दुख्यो होला हेरी२ म आउने बाटोमा
दुख पछि सुख आउछ भन्थे खै त आएन
सुख नै लेख्याछैन होला यो ज्यानको पाटोमा
के फल्दैन दुख गरे सबै छ त्यै हाम्रो बारीमा
खोरिया खन्नु जाती यस्तो दुख गर्नुको साटोमा
परदेशको यो महंगा खानाले कमजोर भए आज
कति भिटामिन लुकेको छ त्यो ढिडो र आटोमा
बालकुमारफगामी मगर
देविस्थान म्याग्दी ........








No comments :
Post a Comment