Tuesday, August 7, 2012

160.भित्र भित्रै कता कता देश जलेको छ यहाँ

भित्र भित्रै कता कता देश जलेको छ यहाँ
सायद भन्नु पर्दैन परिबेश गलेको छ यहाँ ।

बिश्वास गर्यो जस माथि घात गर्छ उहि,
साम दाम दन्ड भेदले सधै छलेको छ यहाँ ।

चर्काउन खोज्छ युद्द समयलाई बन्दि बनाई
राज्यसत्ता हात पार्न छायाँ आदेश चलेको छ यहाँ।

भाई भाइमा फुट ल्याउन जाति बादी हाबि हुदै,
अर्कोलाई दोष लाउदै आफु आफु ढलेको छ यहाँ।

घृणा द्वेस स्वार्थ छल बल अड्यो राजनिती सधैं ,
सत्ता मोहमा लिप्त भै जो कोइ जमेको छ यहाँ।


copyright @ मोहन बिहानी, भक्तिपुर-७ सर्लाही 
२०६९-साउन १५ गते सोमबार
http://mohanbihani.blogspot.com

No comments :

Post a Comment