| मेरो मनको सफा शान्त महल तिमीलाई खडेरीमा बसन्तको आंचल तिमीलाई || हाँसो दिन्छु ,खुशी दिन्छु छैन सुन चांदी सजाई राख्छु मुटुभरी हरपल तिमीलाई || सके दिउला चुरा धागो एकसरो लुगा नसके नि साथ दिउला असल तिमीलाई || गर्दिन म आकाशका ति तारा दिने बाचा बरू दिन्छु विश्वाश मेरो अटल तिमीलाई || संगै जीउने संगै मर्ने बरदान माग्छु पाए बाँचुन्जेल मेरो धड्कन पलपल तिमीलाई || शाहदेव कटवाल- समर्पण हाल अबुधाबी |
सहयोगी भूमिका
गजल सर्जकहरु
को कहाँ बाट
पुराना रचना
Monday, August 13, 2012
177.मेरो मनको सफा शान्त महल तिमीलाई
Published :
1:15 PM
Subscribe to:
Post Comments
(
Atom
)







No comments :
Post a Comment