Sunday, August 12, 2012

176.मायाँमा मायाँ थप्छु त गजल भैदिन्छ..

मायाँमा मायाँ थप्छु त गजल भैदिन्छ ।।
उस्लाई सोच्दै बस्छु त गजल भैदिन्छ ।।

हतियारहुन् शब्दहरु, तिनैलाई मिलाएर
खेलाउन सक्छु .....त गजल भैदिन्छ ।।

सानै कुराले मलाई, भित्रसम्म छुँदाखेरी
भाबनामा बग्छु ....त गजल भैदिन्छ ।।

काँडाहरुले पनि अचेल, घोच्नै छोडिदिछन्
प्रहार बाट बच्छु ..त गजल भैदिन्छ ।।

उस्कै खुसिको लागि, जे–जे पनि मान्दै 
आफै तल दब्छु  ...त गजल भैदिन्छ ।।

सागर हो मायाँ, थोपा झिक्दैमा रित्तिँदैन
रित्तिएकालाई पढ्छु... त गजल भैदिन्छन् ।।
राम शरण श्रेष्ठ
चिसापानी–६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

No comments :

Post a Comment