किन हो कुन्नि उ निकै, हतार गर्दैछआफ्नै जीवनलाइ नै,खवरदार गर्दैछ
भिन्नता पाए पछी, दाँज्दा अरुकोसँग
लाग्दैछ केहि नौलो कुरा ,साभार गर्दैछ
लेख्छु त भनेकै थियो,कथा जिंदगीको
लेख्दा लेख्दै थाकेछ उ, केरकार गर्दैछ
जीवनको मूल्य थिएन,आज पनि छैन रे
त्यसैले होला उ घाटामै , व्यापार गर्दैछ
http://rohitmagar.blogspot.com/
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान







No comments :
Post a Comment