लुकि चोरि हेर्छ यता,चिआएर जिन्दगीले।
दुर भयो कस्तो नसा,पिआएर जिन्दगिले।।
नत चीत्कार सुन्छ कोहि,मनका पीडा बुझी।।
कस्तो ठाउ छाड्यो कठै,लिआएर जिन्दगिले।।
छाल बन्दै सुनामिका, फसाउछ भुमरिमा।
पार कैले गराउला, खियाएर जिन्दगिले।।
काच फुटे सरि फुट्दा,सपनाका घरहरु।।
जोडिदिन्न कसै गरि,सियाएर जिन्दगिले।।
Parkash Pokhrel
Tokyo, japan







No comments :
Post a Comment