Showing posts with label shreeraj bhandari. Show all posts
Showing posts with label shreeraj bhandari. Show all posts

Saturday, August 11, 2012

171.नसक्नेले मेरो देश किन बोक्यौ? यत्ती भन

नसक्नेले मेरो देश किन बोक्यौ? यत्ती भन..
खाली भत्ता मात्रै, किन धोक्यौ? यत्ती भन.. 

सक्दैनौ केहि गर्न, आदर्स मात्रै ठुला तिम्रो 
गर्न खोज्ने लाई, किन रोक्यौ ? यत्ती भन..

कुक्कुर होइन हामी, मान्छेनै हो भन्छौ भने 
मिलेर मेरो देश, किन टोक्यौ? यत्ती भन..

स्विजर्लैंड र सिंगापुर सपनात निक्कै थिए 
दुइजिब्रेले कुरामात्रै किन खोक्यौ? यत्ती भन

Shreeraj bhandari
hatiya 7 makawanpur

Wednesday, July 11, 2012

115.निरास कुरा लेख्छौ,हो तिमि गलत छौ

निरास कुरा लेख्छौ,हो तिमि गलत छौ 
खाली उल्टो देख्छौ, हो तिमि गलत छौ 

हातले आखा छोपी, अध्यारो छ भन्छौ .
बगेको खोला छेक्छौ,हो तिमि गलत छौ.

चारैतिर हरियाली कति सुन्दर देख्छु म 
हिलो भसार टेक्छौ, हो तिमि गलत छौ.

हिन्दा चोट लाग्दैमा किन रोकिन्छौ तिमि 
सानो घाउ सेक्छौ, हो तिमि गलत छौ.

श्रीराज भण्डारी 
10/7/2012

Thursday, July 5, 2012

192.आलै छ घाउ फेरी पनि, चलाउन खोज्छौ किन ?

आलै छ घाउ फेरी पनि, चलाउन खोज्छौ किन ? 
खरानी भएका मन अझै, जलाउन खोज्छौ किन ?

सिधा कहाँ हेर्छु र ? निउरेको निउरेकै छु अझै 
लडी सकेका सिर तिमि,ढलाउन खोज्छौ किन ?

कि तिमीले बुजेको छौ,कि मैले बुजेको छु 
बेखबर यो समाजलाई, छलाउन खोज्छु किन ?

भाचेउ आफैले तिमीले विस्वासका कोपिला हरु
फेरी मुना बनेर तिमि,पलाउन खोज्छौ किन ??

Thursday, June 28, 2012

186.सुन्दै अत्तालिने अनौठो कहानी छ म संग

सुन्दै अत्तालिने अनौठो कहानी छ म संग
चुसी कसैले छोडेको जुठो जवानी छ म संग

चिच्यौछु जब सम्झिन्छु सबै रुपहरु तिम्रो
मुटु जलाई छोडेको केहि खरानी छ म संग

बचेकै छु तिम्रो यादमा, देखिन्छु खुसी पनि
पागल आसमा बसेको यौटा परानी छ म संग

सासै यहा रोकिए जस्तो तिम्लाई भुली जादा
मुटु चीरी बनाएको नौलो निसानी छ म संग



shreeraj bhandari, 

Wednesday, June 27, 2012

181.दरवार भित्रै बस्छौ अरे, रानी जस्तै पाल्छन होला

दरवार भित्रै बस्छौ अरे, रानी जस्तै पाल्छन होला
मिठो चोखो खान्छौ अरे , खसी सधै ढाल्छन् होला

खरको छाना चुहिएर,पानी झर्थे थाहा थियो तिम्लाई
भब्य महल तिम्रो छरे, सुनै सुनले टाल्छन होला...

माया देउला तिम्लाई भन्थे , जाडो हुदा ओढ्नलाई
एसी तिम्रो रूम्मै छरे ,हिटर पनि बाल्छन होला ...

कस्ती थियौ कस्ती भयौ, कहिले कही सोच्ने गर्छू
पैसा संगै बिकेउ अरे ,कठोर मन नी गाल्छ्न होला ..


25/06/2012
श्रेराज भण्डारी

Saturday, June 23, 2012

159.आफु मर्यौ मिथ्या शरिर मात्रै छौड्यौ दुखी छु म

आफु मर्यौ मिथ्या शरिर मात्रै छौड्यौ दुखी छु म
खाए का ति बाचा कसम सबै तोड्यौ दुखी छु म 

हेर्दै होलिउ आकास बाट कती यक्लो भए छु म 
बाटो गाह्रो पक्कै थियो पहिला मोड्यौ दुखी छु म 

माया को त्यो बगैचामा सुन्दर फुल फुलौछु भन्थेउ
आफ्नै झार उमारिराख्यौ अरुको गोड्यौ दुखी छु म 

यक्लो यस्लाई छोडदा यहाँ कती रोला सोचिनौ है ?
आफ्नो संसार बदल्न लाई आरुको फोड्यौ दुखी छु म 

shreeraj bhandari
21/06/2012