Wednesday, June 13, 2012

103.मलाई रातो चोलीको ...

सुर्य चेम्जोङ्ग,
मलाई रातो चोलीको झ–झल्को आँखामा
आउँछ जादु बोलीको झ–झल्को आँखामा

खोला पारी सँगै पुगि यात्रा मोडिए नि
साथ तरेको खोलीको झ–झल्को आँखामा

हाँसी हाँसी बिदा गरेँ एउटा याद रहयो
उनि चढेको डोलीको झ–झल्को आँखामा

बिर्सनेले बिर्से पनि आई रहँदो रहेछ
सिन्दुरी रंग होलीको झ–झल्को आँखामा

झ–झल्को मै बैँश गए पछि नाच्न थाल्यो
एक्लो जिवन भोलीको झ–झल्को आँखामा
सुर्य चेम्जोङ्ग,

No comments :

Post a Comment