Showing posts with label उमेश श्रेष्ठ. Show all posts
Showing posts with label उमेश श्रेष्ठ. Show all posts

Sunday, June 17, 2012

125.यो तेरो मेरो भन्ने सवाल जाला कैले बा ??

यो तेरो मेरो भन्ने सवाल जाला कैले बा ??
सबैलाई हामि भन्ने जवाना आला कैले बा??

गोरा र काला बीच सधै भिन्नता देखिराछु म
गोरा राम्रा अरे , यी भए मनका काला कैले बा?

भन्थे राजनीति फोहोर को दलदल हो अरे
हाम्रो राजनीति गन्हाउने, बने नाला कैले बा?

सयौठुंगा फुलका हामि एउतै माला नेपाली
गीतमा झैँ व्यवहारमा, बन्ला माला कैले बा?

उमेश श्रेष्ठ
चिसापानी , रामेछाप